१ कार्तिक २०८३, आइतबार

एकल महिलालाई यातायातमा पच्चीस प्रतिशत छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १७ मंसिर । कञ्चनपुरका एकल महिलालाई सार्वजनिक यातायातमा छुट दिइएको छ ।

महाकाली सेती यातायात व्यवसायी समिति कञ्चनपुरले एकल महिलालाई यातायातमा २५ प्रतिशत छुट दिएको एकल महिलाका क्षेत्रका कार्यरत द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले जनाएको छ ।

केन्द्रका अध्यक्ष सीता बोहराले एकल महिलाको आग्रहपछि यातायात समितिले २५ प्रतिशत छुट दिएको जानकारी दिनुभयो । एकल महिलाको परिचयपत्रका आधारमा छोटो तथा लामो दूरीमा यात्रा गर्दा उनीहरुलाई छुटको व्यवस्था गरेको महाकाली व्यवसायी समितिले जनाएको छ ।

महाकाली यातायात समितिका अध्यक्ष बाबुराम शर्माले अकालमै श्रीमान् गुमाएका महिला आर्थिक रुपमा कमजोर भएका कारण उनीहरुलाई सुविधा दिनका लागि समितिले मङ्सिर पहिलो हप्तादेखि उक्त सुविधा दिएको जानकारी दिनुभयो ।

कञ्चनपुरमा ३५० जनालाई परिचयपत्र वितरण गरिएको द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले जनाएको छ । उहाँका अनुसार जिल्लामा पाँच हजारभन्दा बढी एकल महिला छन् । बाँकी महिलालाई पनि परिचयपत्र उपलब्ध गराइने अध्यक्ष बोहराले जानकारी दिनुभयो । रासस