दार्चुला, १७ मंसिर । दार्चुलामा मदिराको कारोबार झनै मौलाउँदै गएको छ ।
बढ्दो मदिराको बिक्री वितरणले समाजमा विभिन्न विकृति भित्रिँदै गएको भन्दै यसलाई नियन्त्रण गर्ने राजनीतिक दलबाट प्रतिबद्धता भए पनि मदिराको कारोबार भने दिनप्रतिदिन मौलाउँदै गएको छ ।
दार्चुलामा इजाजतपत्र लिएर मदिराको कारोबार गर्नेको सङ्ख्या अहिलेसम्म ४०५ पुगेको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले जनाएको छ ।
तर अनुमतिपत्र बिना मदिराको बिक्री वितरण गर्नेको सङ्ख्या योभन्दा बढी छ ।
जिल्लामा हुने घरेलु तथा महिला हिंसाका अधिकांश घटना मदिराकै कारण हुने गरेको प्रहरीको तथ्याङ्क छ ।
सरकारी नियम कानुनले मदिराको बिक्री वितरणमा रोक नलगाएकाले मदिराको कारोबारलाई बन्द गर्न नसकिने तर, कम भने गर्न सकिने जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीको भनाइ छ ।















प्रतिक्रिया