काठमाडौं, १६ मंसिर । आईएमई लिमिटेडले नेपालमा रेमिटेन्स क्षेत्रमै आधुनिक प्रयोगका रुपमा मोबाइल एप सेवा शुरु गरेको छ ।
सेवाग्राहीमैत्री सेवाहरु संचालनमा ल्याइरहने यस कम्पनीले यसपटक प्रविधिमैत्री सेवा मोबाइल एप सेवा संचालनमा ल्याइएको छ । सूचना प्रविधि क्षेत्रमा आम नेपालीहरुको बढ्दै गएको आकर्षण, प्रयोग तथा सरल तथा छिटो सेवा पाउने यथार्थलाई मध्यनजर गर्दै यो सेवाको शुरुवात गरिएको छ । हरेक स्मार्टफोनमा आईएमईको मोबाईल एप डाउनलोड गरेर सेवाग्राहीहरुले आईएमईका विभिन्न सेवाहरु, नजिकको एजेन्ट लोकेशन, पठाउन चाहेको रकमका लागि लाग्ने शुल्क, आफनो ट्रान्जेक्शनको पछिल्लो स्थिति तथा आईएमईका विभिन्न योजना तथा गतिविधिहरुका बारेमा यो मोबाईल एपका माध्यमबाट जानकारी हासिल गर्न सक्नेछन् । यो मोबाईल एप गुगल प्ले स्टोर, गुगल प्ले सर्भिस र एप्पल स्टोरबाट डाउनलोड गर्न सकिने आइएमईका बजार तथा व्यापार प्रवद्र्वनका प्रमुख डेनियल डी. श्रेष्ठले बताउनुभयो ।
आफनो स्थापनाकाल देखिने रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुराउन प्रतिबद्व आईएमई वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पठाएको रेमिटेन्स रकमको परिमाणका आधारमा नेपालको नम्वर १ रेमिटेन्स कम्पनीको रुपमा स्थापित छ । सेवा शुभारम्भको १४ औं वर्षसम्ममा नेपालका प्रमुख शहर तथा शहरोन्मुख ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ३२ सय भन्दा बढी एजेन्ट, सबएजेन्ट र ११० आईएमई सेन्टरमार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।













प्रतिक्रिया