२९ आश्विन २०८३, बिहिबार

एक मन अलैँचीको मूल्य एक लाख

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

alaichi-nepalपाँचथर, १६ मंसिर । गत वर्षको तुलनामा यस वर्ष अलैँचीले राम्रो भाउ पाएपछि सुदूरपूर्वी पहाडी जिल्ला पाँचथरका कृषक उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष झन्डै रु २० हजारले अलैँचीको भाउ बढेको छ ।

गत वर्ष रु ८० हजारसम्ममा बिक्री भएको अलैँची अहिले प्रतिमन रु एक लाखका दरले बिक्री भइरहेको नेपाल अलैँची व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक नेपालले जानकारी दिनुभयो । अलैँचीको मूल्य यस पटक सबैभन्दा धेरै आकाशिएको छ ।

उहाँका अनुसार अलैँचीको उत्पादन भने गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष पाँच हजार मेट्रिकटन उत्पादन भएको अलैँची अहिले भने छिर्के फुर्के, गानो कुहिनेलगायत रोगका कारण उत्पादनमा कमी आउने अनुमान गरिएको छ । रासस