१ कार्तिक २०८३, आइतबार

मलामी बोकेको ट्रक पल्टिँदा छ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा १६ मंसिर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको विर्तामोड नगरपालिका–२ स्थित चारपाने सडकखण्डमा मंगलबार दिउँसो मलामी बोकेको ट्रक पल्टिँदा छजना घाइते भएका छन् ।

घाइते हुनेमा हल्दिवारी–१ निवासी ३४ वर्षीय देवकुमार श्रेष्ठ, विर्तामोड–१ निवासी ५७ वर्षीय तोया आचार्य, विर्तामोड–९ निवासी ४५ वर्षीय लक्ष्मण ठाकुर, विर्तामोड–६ निवासी २० वर्षीय जोडन तामाङ, सोही ठाउँ निवासी २१ वर्षीय विमल वसुवाल र २९ वर्षीय विष्णु थापा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

विर्तामोड–६ जात्रुवारी निवासी सतिश शर्माको सोमबार निधन भएपछि उनको अन्त्येष्टिका लागि आज मलामी लिएर कनकाई माई जाँदै गर्दा  चारपाने सडकखण्डमा मे१क ८३ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकामध्ये श्रेष्ठको अवस्था गम्भीर रहेकाले उपचारका लागि धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । अन्यको विर्तामोडस्थित विर्ता सिटी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी हवल्दार यामकुमार खड्काले जानकारी दिनुभयो ।