२९ आश्विन २०८३, बिहिबार

रसुवागढी नाका खुल्ला, नेपाल–चीन व्यापारमा सहज हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rasuwagadhi.रसुवा, १६ मंसिर ।  नेपाल–चीनबीच व्यापारिक नाकाको औपचारिका रुपमा सुरुवात भएको छ ।
नेपाल तर्फका वाणिज्य दुत हरि बस्याल र चीनतर्फका उपाध्यक्ष मिस्टर जोङबीच औपचारिक कारोबार थाल्ने गरी  रसुवागढी नाका औपचारिक रुपमा उद्घाटन भएको हो ।

नेपालले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट मात्र चीनसँग सामान आयात/निर्यात गर्दै आएकोमा अब  रसुवागढी नाका औपचारिक रुपमा खुलेसँगै आयात निर्यातमा सहज हुने भएको  छ ।

चीनले दशै अघि नै यो नाका सञ्चालन गर्ने भने पनि नेपालतर्फको आवश्यक कार्यलयहरू स्थापना हुन बाँकी रहेको र चिनीया पक्षले तयारी नपुगेको भन्दै नाका खुल्न ढिलाई भईरहेको थियो । नेपालतर्फ आवश्यक अद्यागमन, सुरक्षा, भौतिक पुर्वाधार विकास जस्ता काम भए लगतै यो नाकालाई औपचारिक रुपमा खोलिएको छ ।

यस भन्दा अघि नेपालले सिन्धुपाल्चोक नाकाको मात्र भर पर्नु परेकोमा रसुवागढी नाका खुल्ला भएसँगै व्यापारीहरूले नेपाली र चिनियाँ वस्तु आयात÷निर्यात गर्न पाउनेभएका छन  ।

चीनले यसै नाकाबाट दक्षिण एसियाली राष्ट्रमा व्यापार बढाउने उद्देश्य रहेको जनाएको छ । रसुवागढीनाका सिन्धुपाल्चोकको तातोपानी नाकापछि चीनबाट बढी कारोबार हुने नाका हो । नेपालतर्फ भने अझै पनि एकीकृत भन्सार, सुख्खा बन्दरगाह जस्ता पूर्वाधार निर्माण हुन बाँकी रहेको छ ।

पूर्वाधार निर्माणमा चीनले चासो देखाएको छ । नेपालतर्फ हाल भन्सार कार्यालय भवन स्थापना  र सुख्खा  बन्दरगाहको प्रक्रिया अघि बढेको छ । नेपालको तर्फबाट २ साता अघि नै नाका खुला भएको घोषणा गर्दै अध्यागमन र भन्सार कार्यालयसमेत स्थापना भइसकेकोे जनाएको थियो ।

नेपाली नागरिकहरूलाई केरुङ जानका लागि आवश्यक पर्ने १ दिने पास सिमा नाकाबाटै दिने व्यवस्था मिलाइएको छ । केरुङ नाका संचालन हुने भएपछि व्यापारीहरूलाई सजह हुने  रसुवाका प्रमुख  जिल्ला अधिकारी उद्धवप्रसाद भटटराईले बताउनुभयो । रसुवागढी केरुङ नाकाले नेपाल र चीन बीचको व्यापार बढाउन मद्धत गर्ने अपेक्षा गरिएको छ ।

चीनबाट हुने आयात बर्षेनी तिब्र गतिमा बढिरहे पनि निकासी सन्तोष जनक हुन सकेको छैन । आर्थिक बर्ष ०७०/०७१ मा चीनबाट ७० अर्ब ८७ करोड मुल्यको बस्तु आयात भएपनि निर्यात दुई अर्ब ३२ करोड रुपैया मात्र रहेको छ ।
रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष कैसाङ तामाङले चीन र नेपाल बीच सहमति भएका बस्तुहरू निकासी गर्न सहज हुने बताउँदै नेपालका बिभिन्न व्यावसियक क्षेत्रमा रहेर काम गर्नेहरूलाई रोजगारिको सिर्जना हुने बताउनुभएको छ ।

व्यावसाय संचालन गर्न  यो नाका नेपालको लागि मात्र नभइ बिभिन्न देशहरूको लागि पनि महत्वपूर्ण हुने भएको छ । यो नाका खुलेसँगै धेरै कुरामा फाइदा हुने रसुवाका ब्यापारीहरू बताउँछन ।

चीनले नाका सञ्चालन गरिदिएर मात्र यहाँको आर्थिक विकास सोच्नु भन्दा पनि सामान निकासी गरेर वा व्यापारिक गतिबिधी बढाउन सके मात्र आर्थिक बृद्धि हुने टिमुरका स्थानीयवासी बताउछन् ।

रसुवागढी नाका सञ्चालन सँगै चीन र भारतको सेतुको काम गर्नु भन्दा पनि व्यापारिक चहलपहल बढाउन सके नाकाको मात्रै नभई जिल्लाको भविष्य पनि उज्जवल हुने देखिन्छ ।

चीनको सिगात्से आईपुगेको रेल सेवा सन् २०२० सम्म केरुङसम्म ल्याउने लक्ष्य राखेकाले रसुवागढी नाकाको भविष्य उज्जवल हुने सरोकारवालाहरू बताउछन् । चीनले केरुङ नाका सञ्चालन सँगै नेपालले पनि आफ्नो क्षेत्रलाई व्यवस्थित बनाउदै रसुवागढी नाकाबाट सामान आयात निर्यात बढाउन आवश्यक रहेको ब्यापारीहरूको भनाई रहेको छ ।