काठमाडौँ, १६ मंसिर । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा १७ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार मंगलबार सुन तोलाको ५१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहको छ । सोमबार सुन तोलाको ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
संघले दिएको जानकारी अनुसार मंगलबार नेपाली बजारमा चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेको छ ।चाँदी तोलाको ७ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।













प्रतिक्रिया