१ कार्तिक २०८३, आइतबार

प्रेस चौतारी कैलालीमा ठकुरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

min-thakuri

धनगढी, १५ मंसिर ।  प्रेस चौतारी नेपाल कैलाली शाखाको छैठौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले मीन ठकुरीको अध्यक्षतामा १५सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

नव गठित समितिको उपाध्यक्षमा लोग्श्वरी कुँवर, सचिवमा प्रकाश मिश्र, कोषाध्यक्षमा भीम विक, सहसचिवमा लक्ष्मण गौतम चयन भएका छन् । यसैगरी, सदस्यहरुमा यमबहादुर बम, गगन कठायत, रेखा कुँवर, ममता रसाईली, लक्ष्मीप्रसाद जैशी, खगेन्द्र जोशी, मुकेश विक, वीरबहादुर चौधरी  र हरि जोशी चयन भएका छन् । कार्यसमितिको १ सदस्य शाखाको बैठकबाट मनोनित गरिने  प्रेस चौतारी कैलालीले जनाएको छ  । यसअघि अधिवेशनको उदघाटन नेकपा (एमाले) का केन्द्रीय सचिव योगश भट्टराईले गर्नुभएको थियो । अधिवेशनमा प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालको विशेष उपस्थिति थियो ।