२९ आश्विन २०८३, बिहिबार

गर्न सक्नुपर्छ नेपालमा रोजगारीको अवसर नै अवसर छः अर्थमन्त्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sejan13काठमाडौँ, १५ मंसिर ।  अर्थमन्त्री डा. रामशरण महतले नेपालमा आर्थिक विषय कहिल्यै प्राथमिकमा पर्न नसकेको भन्दै गुनासो गर्नुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आफ्नो १७ औं वाषिर्कोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उहाँले यस्तो गुनासो गर्नुभएको हो ।

‘हाम्रो मुलुकमा अहिले पनि राजनीति नै हावी भएको छ,’ उहाँले भन्नुभयो, ‘सञ्चार माध्ययममा पनि राजनीतिले नै प्राथमिकता पाउँछ, अर्थतन्त्रको विषय जहिल्यै ओझेलमा परेको छ ।

उहाँले राजनीतिक बहस र भाषण गर्दा–गर्दा आफु दिक्क भएको भन्दै राजनीतिको बहस र भाषणले देशको अर्थतन्त्र कहिल्यै माथि नउठ्ने ठोकुवा गर्नुभयो । उहाँले दिनहुँ राजनीतिका समाचारहरु दोहोरिने गरेको भन्दै त्यस्ता समाचारले नेपालको अर्थतन्त्रमा कुनै टेवा नपुग्ने पनि दाबी गर्नुभयो ।

‘आगामी दिनमा लगानी प्रर्वद्धन कसरी गर्ने, उत्पादन कसरी बढाउँने भन्ने जस्ता विषयमा बहस आवश्यक छ,’ अर्थमन्त्री महतले भन्नुभयो, ‘यसका लागि पत्रकारहरुले पनि भूमिका खेल्नुपर्छ ।’

उहाँले नभएको मात्र देख्ने र भएको केही नदेख्ने सोँचमा परिवर्तन आवश्यक भएको पनि कार्यक्रममा बताउनुभयो । ‘हामी दायाँ–बायाँ केही नसोची रोजगारी खोज्दै विदेश दौडिन्छौँ,’उहाँले भन्नुभयो,’ गर्न सक्नुपर्छ नेपालमा अवसर नै अवसर छ ।’

sejon

उहाँले सबै दलका नेताहरुलाई पनि अन्य झिना मसिना कुरा छाडेर नेपालको अर्थतन्त्र कसरी संवृद्ध बनाउँन सकिन्छ भन्ने कुरामा मात्र ध्यान दिन आग्रह गर्नुभयो । उहाँले नेपालमा आर्थिक पत्रकारिताको विकास आवश्यक
भएको  बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीबी नेपाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. चन्द्रमणि अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रंदिपजंग पाण्डे, सेजनका संस्थापक अध्यक्ष प्रतिक प्रधान, सेजनका अध्यक्ष विज्ञान अधिकारीलगायतले पनि मनतव्य राख्नु भएको थियो ।

कार्यक्रममा  वर्षभरी उत्कृष्ट समाचार लेख्ने चार जना पत्रकारलाई सेजनले पुरस्कृत ग¥यो । पुरस्कृत पत्रकारहरुलाई सोमबार आयोजित कार्यत्रममा अर्थमन्त्री महतले जनही २५ हजार रुपैयाँको चेक र प्रमाणपत्र प्रदान गर्नुभयो ।

छापा माध्यमतर्फ नागरिक दैनिकका सुजन ओली र कान्तिपुर दैनिकका राजु चौधरी पुरस्कृत हुनुभयो। विद्युतीय माध्यमतर्फ इमेज टेलिभिजनका हिमाल पौडेल र माउन्टेन टेलिभिजनका भागवत भट्टराई पुरस्कृत हुनुभयो ।