१ कार्तिक २०८३, आइतबार

गोरखामा बाह्र जोडीले गरे सम्बन्धविच्छेद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १५ मंसिर । गोरखामा पछिल्लो समय सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्या बढेको छ ।

गत वर्ष सम्बन्धविच्छेदका ८९ थान मुद्दा दर्ता भएकामा चालु आवको पहिलो चौमासिकमा नै ३७ थान मुद्दा दर्ता भएको हो ।

त्यसमध्ये १२ जोडीले भने सम्बन्धविच्छेद गरिसकेका छन् । श्रीमान् विदेशिएका महिला सम्बन्धविच्छेदका लागि जिल्ला अदालत गोरखा आउने क्रमः बढेको अदालतले जनाएको छ ।

जिल्ला अदालत गोरखाका स्रेस्तेदार महेन्द्रप्रसाद भट्टराईका अनुसार पहिलो चौमासिकमा नै ३७ थान मुद्दा दर्ता भएकाले यो वर्ष सम्बन्धविच्छेद गर्ने दम्पतीको सङ्ख्या झनै बढ्ने देखिएको छ ।

श्रीमान्ले कान्छी श्रीमती ल्याएपछि जेठीले सम्बन्धविच्छेद गर्ने गरेका छन् ।

‘प्रायःगरी श्रीमान्भन्दा श्रीमतीहरु नै सम्बन्धविच्छेदको मुद्दा लिएर अदालत आएको देखेका छौँ’ भट्टराईले भन्नुभयो, ‘दम्पतीमध्ये श्रीमान्ले सम्बन्धविच्छेद गर्न चाहेमा गाविसदेखि नै प्रक्रिया थाल्नुपर्छ ।

श्रीमतीको हकमा भने सिधै जिल्ला अदालत आउन सक्छिन् ।’ कतिपय महिला भने घरेलु हिंसाको कारण देखाएर सम्बन्धविच्छेद गर्ने गरेका छन् ।

‘सम्बन्धविच्छेद गरेपछि श्रीमान्ले श्रीमतीलाई नगद पैसा वा जग्गा दिने गरेका छन्’, भट्टराईले भन्नुभयो, ‘प्रायःगरी जोडीहरुले समझदारीमा केही पनि नलिने गरेको पनि देखिएको छ ।’

सम्बन्धविच्छेदपछि दम्पतीहरु स्वतन्त्रपूर्वक आफ्नो बाटो लाग्न सक्छन् । रासस