१ कार्तिक २०८३, आइतबार

अख्तियारको डरले वन कार्यालयका पाँच कर्मचारीले दिए राजीनामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, १५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यता प्रमाणपत्रको छानबिन सुरु गरेपछि जिल्ला वन कार्यालय लहानका पाँचजना कर्मचारीले राजीनामा दिएका छन् ।

वन कार्यालयमा सशस्त्र वन रक्षक पदमा कार्यरत कमलेश राउत, शिवजी रौनियार, लक्ष्मण झा, जोखन चौधरी र इनुसिनियाँ धुनियाँले राजीनामा दिएको जिल्ला वन कार्यालय लहानका निमित कार्यालय प्रमुख रामनारायण यादवले जानकारी दिनुभयो ।

उहाँहरुले गत कात्तिक २७ गते नै राजीनामा दिएको र राजीनामा स्वीकृतसमेत भइसकेको निमित्त प्रमुख यादवले बताउनुभयो ।