१ कार्तिक २०८३, आइतबार

पर्वतको एमाले जिल्ला अधिबेशनमा गिरी र पौडेलको भिडन्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Logo-originalपर्वत, १४ मंसिर । नेकपा(एमाले) पर्वतको मंसिर तेस्रो साता हुने तेस्रो अधिबेशनका लागि प्रतिनिधी छनौट करिब सकिएको छ ।
अहिले चुनावी प्रतिस्पर्धामा कार्यबहाक अध्यक्ष राजुप्रसाद पौडेल र पदम गिरीले छुट्टाछुट्टै टीम बनाएर चुनावी प्रतिप्रर्धामा उत्रिने तयारी गरेका छन् ।

अधिबेशनका लागि प्रतिनिधी छनौटका भएका आर्थर, देउराली, देउपुर, नाङ्गलीबाङ्ग, खौलालाँकुरी, लुंखु, बालाकोट, पाखापानी, होस्राङ्गदी, फलामखानी, कार्किनेटा, हुवास,बेउलीबास, त्रिबेणी, भोर्ले, रानीपानी, उरामपोखरा, देबिस्थान, ठानामौला, र पाङ्गराङ्ग गाबिसका सबै प्रतिनिधी आफ्नौ पक्षको छनोट भएको पौडेल समुहको दाबी छ ।

गिरी समुहले पनि प्रतिधिनी छनोट भएका स्थानमा आफ्नो पकड बलियो रहेको दाबी गरेको छ ।  तीन दिनसम्म चल्ने अधिबेशनमा जिल्लाको एक नगरपालिका र ४७ गाउँ बिकास समितिबाट गरि २ सय ७९ जना प्रतिनिधीले भाग लिने जिल्ला प्रचार बिभाग प्रमुख लालबहादुर अधिकारीले जानकारी दिनुभयो । अधिबेशनमा प्रतिनिधीहरुको समानुपातिक सहभागिता सुनिश्चित गरिएको छ ।

एमालेको अधिबेशनमा ९२ जना महिला, ५७ जना दलित , ५४ जना जनजाति र अन्य १ सय २६ जना प्रतिनिधीले भाग लिने बताइएको छ । एमाले पर्वतका ३ हजार संगठित सदस्यहरुबाट अन्यमा २० जना संगठित सदस्य बराबर १ जना तथा महिला, दलित र जनजातिका लागि १५ जना सदस्य बराबर १ जना प्रतिनिधी छान्ने ब्यबस्था गरिएको छ ।