२९ आश्विन २०८३, बिहिबार

कोबानेमा ५० आइएस जिहादीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेरुत, १४ मंसिर ।  सिरियाको कोबाने सहरमा गत २४ घण्टायता जारी रहेको झड्पको क्रममा कम्तीमा ५० आइएस जिहादीको मृत्यु भएको छ ।

आत्मघाती बम आक्रमण र अमेरिकासँगआवद्ध हवाई आक्रमणमा ती आइएस जिहादीको मृत्यु मानवअधिकारीवादी समूहले आइतबार जानकारी दिएको छ ।

टर्कीको सीमा क्षेत्रमा पर्ने यस कोबाने सहरमा गत सेप्टेम्बरदेखि सुरु भएको आइएस जिहादी विरुद्धको भीषण कारबाहीको क्रममा सुन्नी मुस्लिम अतिवादी समूहका यी आतङ्ककारी यस पटक ठूलो सङ्ख्यामा  मारिएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।

बेलायतसँग आवद्ध मानवअधिकार समूहका अनुसार कोबानेमा मारिएका ती आइएस जिहादी मध्ये पाँचजना आत्मघाती आक्रमणकारीनै रहेका छन् ।

ती मध्ये पनि  दुई जना टर्की र कोबानेको सीमामा आक्रमणको लागि खटिएका जनाइएको छ ।   रासस/एएफपी