१ कार्तिक २०८३, आइतबार

मध्यरातमा युवतीसहित होटलमा भेटिएका अग्रवालसहित होटल सञ्चालक पनि प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatkadiपानीट्याङ्की (मोरङ), १४ मंसिर । वेश्यावृत्तिमा संलग्न भएको आरोपमा प्रहरीले होटल सञ्चालिकासहित तीनजनामाथि कानुनी कारबाही चलाएको छ ।

विराटनगर–१५ स्थित होटल आशिषबाट आपत्तिजनक अवस्थामा पक्राउ गरिएका दुहबी–९ का ३६ वर्षीय भोगेन्द्र अग्रवालसहित होटल सञ्चालिका विराटनगर–१६ की रमा दाहाल (कार्की) र एक किशोरीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक अपराधमा मुद्दा दर्ता गराएको हो ।

गत मङ्सिर १० गते राति आपत्तिजनक अवस्थामा सुनसरी इटहरीकी एक किशोरीसँगै पक्राउ परेका अग्रवालले पहिलेदेखि नै उक्त होटलमा युवती लिएर आउने गरेकाले सञ्चालिकासहितलाई पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा दर्ता गराएको मोरङ प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो ।

पक्राउ गरिएका किशोरीका आफन्तले चाहिँ झुक्याएर यौन शोषण गरेकाले अग्रवाललाई जबर्जस्ती करणीेको आरोपमा मुद्दा दर्ता गर्न दबाब दिँदै आएका छन् । रासस