काठमाडौँ, १४ मंसिर । सार्क सम्मेलन लगत्तै संविधान निर्माणलगायतका विषयमा सहमति खोज्न सक्रिय बनेका राजनीतिक दलहरुले फेरि केही दिन निक्रिय बन्ने संकेत देखिएको छ ।
आइतबार नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताले सहमतिमा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक १७ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेपछि यस्तो संकेत देखिएको हो ।
उनीहरुले आइतबारको बैठकमा सहमतिका लागि केही दिन प्रयास गर्ने भन्दै बैठक १७ गतेसम्मका लागि स्थगित गरेका छन् ।
‘यसै ढिलो भयो उसै ढिलो भयो केही दिन शीर्ष तहमा सकेसम्म अन्तरबस्तुमा नै सहमति गर्छौं नभए पनि प्रक्रिया वा प्रतिवेदनका विषयमा सहमति जुटाउँछौं भन्ने कुरा बैठकमा आयो, त्यसैले बैठक १७ गतेसम्मका लागि स्थगन गर्ने निर्णय भयो ।
बैठकमा कुनै सहमति नगरी निस्केका समितिका सभापती बाबुराम भट्टराईले दिएका यी अभिव्यक्तिले पनि नेताहरु सहमति गर्ने भन्दा पनि समय गुजार्नेमा बढी केन्द्रित भएको देखिन्छ ।















प्रतिक्रिया