प्युठान, १४ मंसिर । आफ्नै गाडीले च्याप्दा यहाँ एक चालकको मृत्यु भएको छ ।
बाँदीकोट–५ स्थित काँसीपोखरा भन्ने ठाउँमा आफैँले चलाउने गाडीले च्याप्दा चालक राजु चन्दको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।
गाडीले च्याप्दा घाइते भएका गुल्मी अल्गुङ घर भएका अन्दाजी २६ वर्षीय चन्दलाई लु१ज २०८३ नं को जिपले च्यापी घाइते भएकामा उपचारका लागि प्युठान अस्पताल ल्याउँदै गर्दा बाटैमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चलिरहेको गाडीमा एक्कासि समस्या आउँदा यात्रुलाई ओराली टायर हेर्ने क्रममा चन्दलाई जिपले च्यापेको थियो ।















प्रतिक्रिया