१ कार्तिक २०८३, आइतबार

निर्धारित मितिमा जसरी पनि संविधान जारी गर्ने काँग्रेस र एमालेको अडान, एमाओवादी सहमतिका पक्षमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3-dalकाठमाडौँ, १३ मंसिर । राजनीतिक दलका नेताहरूले सहमतिमै निर्धारित मितिमै संविधान जारी गर्नुपर्नेमा जोड दिएका छन् ।

संवाद क्लब नेपालले शनिबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान लेखनका विवादित विषयमा सहमति जुटाई माघ ८ भित्रै संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभयो ।
सहमतिको प्रयासमा यसअघि नै चारवर्ष बितिसकेको स्मरण गर्दै उहाँले तोकिएको मितिमै संविधान जारी गर्न नसके दलहरूप्रतिको जनताको विश्वास टुट्ने विचार राख्नुभयो ।

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले दलहरूबीच सकेसम्म सहमतिको प्रयास गर्दा पनि नभए प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

लोकतन्त्रका सर्वमान्य सिद्धान्तविपरीत कुनै पनि काम गर्न नहुने भन्दै धर्म, जात र आस्थालाई राजनीतिकरण गर्न नहुने बताउनुभयो ।

एमाओवादी नेता देवेन्द्र पौडेलले दलहरूबीच सहमति भएमा अझै पनि निर्धारित मितिमै संविधान जारी गर्न सकिने विचार राख्नुभयो ।

राजनीतिक विश्लेषक सोनामछिरिङ शेर्पाले जनताको भावना र राष्ट्रको भविष्यलाई विचार गरेर दलहरू समयमै संविधान जारी गर्न प्रतिबद्ध हुनुपर्ने जरुरी छ भन्नुभयो ।