१ कार्तिक २०८३, आइतबार

रामचन्द्रले भने–हलो अड्काएर गोरु चुट्ने काम राम्रो होइन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra-Poudel-Bigकाठमाडौँ, १३ मंसिर । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमतिको नाउँमा संविधान संविधान निर्माण प्रक्रियामा ढिलाई नगर्ने बताउनु भएको छ ।

नेपाली काँग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाको टेक्सासमा भएको अधिवेशनमा सहभागी भएर शनिबार स्वदेश फर्कनुभएका उपसभापति पौडेलले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले सहमतिको नाउँमा संविधान नबनाउने काम नेपाली जनतालाई स्वीकार्य नहुने भन्दै छोटो प्रक्रियाबाट पनि निर्धारित समयमै संविधान ल्याउन सकिने बताउनुभयो ।

सहमतिका लागि काँग्रेस र नेकपा एमालेले अघि सारेको प्रस्ताव संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा अड्काएर राख्न नहुनेमा उहाँले जोड दिनुभयो ।

सहमतिका लागि आएको काँग्रेस र एमालेको प्रस्ताव संविधानसभामा लैजाँदा छलफल गर्ने मौका हुने र त्यहाँ सबैको धारणा सुन्दै सहमतिका लागि पनि वातावरण बनाउँदै जान सकिने धारणा राख्नुभयो ।

‘तर संवाद समितिमा प्रस्ताव अड्काएर राख्नु भनेको हलो अड्काएर गोरु चुट्ने काम जस्तो भयो, यो गर्न पाइँदैन’, उपसभापति पौडेलले भन्नुभयो ।

उपसभापति पौडेलले संविधानसभाबाट संविधान बनाउने भनिसकेपछि नेतानेता मिलेरमात्र संविधान निर्माणको कामलाई अड्काउन नहुने धारणा राख्दै लोकतन्त्रलाई सहजरूपमा अघि बढ्न नदिने खेल भइरहेको आरोप लगाउनु भयो ।