१ कार्तिक २०८३, आइतबार

नक्कली प्रमाणपत्रमा जागिर खाएका प्युठानका १२ शिक्षकले दिए राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, १३ मंसिर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्लामा कार्यरत शिक्षकहरूको प्रमाणपत्र मागेपछि प्युठानका १२ जना शिक्षकले एकैपटक राजीनामा दिएका छन् ।

अख्तियारले असोजमा पत्र लेखी सबै शिक्षकको शैक्षिक प्रमाणपत्र, सुरुको नियुक्ति, हालको नियुक्ति, अध्ययन अनुमतिपत्र, तालिमको प्रमाणपत्र, बढुवा प्रमाणपत्रलगायतका कागजपत्रको प्रतिलिपि यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिएको थियो ।

अख्तियारको निर्देशनपछि प्राविका ११ र माविका १ जना शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय प्रशासकीय प्रमुख वासु खनालले बताउनुभयो ।

‘अख्तियारको निर्देशनपछि १२ जनाको राजीनामा आयो ।’ प्रशासकीय प्रमुख खनालले भन्नुभयो, ‘सबै राजीनामा दिनेहरूमाथि सूक्ष्म अध्ययन तथा छानबिन सुरु भएको छ ।’

विभिन्न विद्यालयमा अध्यापन गराउने शिक्षकको प्रमाणपत्र नक्कली भएको आशङ्कामा अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतले शिक्षा कार्यालयलाई प्रमाणपत्र रुजु गर्न र छानबिन गर्न भन्दै निर्देशन दिएको थियो । जिल्ला शिक्षा कार्यालयले स्रोत केन्द्रहरूमा रुजु कार्य गरी रहेको भन्दै यथाशीघ्र प्रमाणपत्रहरू अख्तियारमा पठाउने जानकारी दिएको छ ।