१ कार्तिक २०८३, आइतबार

प्रेस चौतारी म्याग्दीको नयाँ कार्य समिति चयन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press Chautari Magdiम्याग्दी, १३ मंसिर । प्रेस चौतारी नेपाल म्याग्दी शाखाको चौथो अधिवेशनले सर्वसम्मत रुपमा रुद्रकुमारी खत्री (मालती)को अध्यक्षमा १२ सदस्यीय कार्य समिति चयन गरेको छ ।

शुक्रबार सम्पन्न चौतारीको अधिवेशनले समितिको उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, सचिवमा प्रताप बानियाँ, कोषाध्यक्षमा अमित विश्वकर्मा र सहसचिवमा कमल बानियाँलाई चयन गरेको हो ।

त्यस्तै सदस्यमा प्रकाश पौडेल, श्रीकृष्ण भुसाल, सुस्मिता सुवेदी, आशिका मल्ल, बादल शाही, वामदेव रिजाल र कर्ण खत्री चयन भएका छन् ।

उद्घाटन कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले पत्रकारिता पेसा व्यावसायिक र भौतिक दुवै रुपबाट अझै पनि असुरक्षित भएको भन्दै पेसागत सुरक्षाका लागि सबै सङ्गठन एक भएर लाग्नुपर्ने बताए ।