दोलखा, १३ मंसिर । दोलखा सदरमुकाम चरीकोटस्थित कालिञ्चोक उच्च माविमादेखि तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ ।
शुक्रबारदेखि सुरु भएको शिविरमा पहिलो दिनमा जिल्लाका २३० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । शिविरमा कम्मर, दुखाइका बिरामीको फिजियोथेरापी अकुपञ्चर र प्राकृतिक चिकित्सा पद्धतिद्वारा उपचार गरिएको बेलनेस अस्पतालका अध्यक्ष डा सुर्दशन बस्नेतले बताए ।
काठमाडौंको बाँसबारीमा रहेको बेलनेस अस्पतालका छजना विशेषज्ञ चिकित्सकको टोलीले तीन दिनसम्म निःशुल्करुपमा शिविरमा आउने बिरामीको उपचार गर्ने जनाएको छ ।
शिविरमा नसा च्यापिएको, कम्बर, ढाडको दुखाइ, प्यारालाइसिस, हाडजोर्नी र नसासँग सम्बन्धित प्राकृतिक चिकित्सा, अकुपञ्चर, फिजियोथेरापी पद्धतिबाट बिरामीको निःशुल्क उपचार गर्ने स्वास्थ्य सङ्घ दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए ।















प्रतिक्रिया