६ कार्तिक २०८३, शुक्रबार

सुवासले घचघच्याएपछि बाबुराम ताते, आइतबार समितिको बैठक बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai2_20120319082241काठमाडौँ, १२ मंसिर । सार्कको चटारोबाट भर्खर उन्मुक्ति पाएका राजनीतिक दलका नेता पुनः संविधान निर्माणको काममा सक्रिय बन्ने भएका छन् ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले आइतबारका लागि बैठक बोलाएपछि दलहरु सक्रिय बन्ने संकेत देखिएको हो ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले शुक्रबार सक्रियता समितिका सभापति भट्टराईलाई टेलिफोन मार्फत आग्रह गरेपछि भट्टराई बैठक बोलाउन तयार हुनुभएको हो ।  भट्टराईले आतबार अपरान्ह १ बजेका लागि बैठक बोलाउनु भएको छ ।

नेम्वाङले शुक्रबार नै संसद सचिवालय पुगेका कांग्रेस र एमालेका नेताहरुसँग सहमतिका लागि तदारुकता देखाउन आग्रह गर्नुभएको थियो ।