२९ आश्विन २०८३, बिहिबार

सुनको भाउ ओरालो लाग्यो, शुक्रबार तोलाको ५० हजार ८ सयमा किनवेच

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????काठमाडौं,  १२ मंसिर । नेपाली बजारमा सुनको भाउमा चतार चढाव जारी रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार र शुक्रबार सुनको मुल्य निरन्तर ओरालो लागेको छ ।

दुबै दिन तोलामा २–२ सय रुपैयाँ घटेर सुन शुक्रबार ५० हजार ८ सय रुपैयाँ कारोवार भयो। बिहीबार छापावाल सुन तोलाको ५१ हजार रुपैयाँमा किनबेच भएको थियो ।

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । शुक्रबार चाँदी तोलाको ७ सय रुपैयाँमा कारोवार भयो । बिहीबार चाँदी तोलामा १० रुपैयाँ घटेर ७ सय ५ रुपैयाँमा किनबेच भएको थियो ।