१ कार्तिक २०८३, आइतबार

कार दुर्घटनामा एकको मृत्यु, चार घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), १२ मंसिर । नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार बिहान कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । सो दुर्घटनामा परी मृत्यु हुनेमा नवलपरासी, बर्दघाट– ८ का ७४ वर्षीय श्यामप्रसाद श्रेष्ठ रहेको चितवन प्रहरीले जनाएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा११च ५४३२ नम्बरको कार कविलास गाविस–८ स्थित रिग्दीखोला नजिक अनियन्त्रित भई सडकमा पल्टिएको चितवन प्रहरीले जनाएको छ ।

घाइते हुनेमा कारमा सवार नवलपरासी बर्दघाट–१ बस्ने बर्दघाटकै ६२ वर्षीय  पानमति श्रेष्ठ, ४१ वर्षीय
इन्द्र ताम्राकार र भनपा– ८ का ४५ वर्षीय पूर्णमान श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।  कार सडकमा पल्टेसँगै गुडेर करिब ५० मिटर तल पुगेको थियो ।