६ कार्तिक २०८३, शुक्रबार

भुटानका प्रधानमन्त्री पनि स्वदेश फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tshering_tobgay_Bhutanकाठमाडौँ, १२ मंसिर । भुटानका प्रधानमन्त्री थेस्रिङ तोग्बे अठारौँ सार्क शिखर सम्मेलनमा सहभागी भई ड्रुक एयरको विमानबाट शुक्रबार थिम्पू प्रस्थान गर्नुभएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा गृहमन्त्री वामदेव गैतमले बिदाई गर्नुभयो ।

प्रधानमन्त्री तोब्गेको सम्मानमा नेपाली सेनाको एक टुकडीले मङ्गल धुनसँगै सम्मानगारत अर्पण गर्नुका साथै दुवै देशको राष्ट्रिय धुन बजाएको थियो ।

त्यसअघि सार्कका अध्यक्ष एवम् प्रधानमन्त्री सुशील कोइराला तथा प्रथम महिला सुजाता कोइरालाले बिदाई गर्नुभएको थियो । प्रधानमन्त्री तोब्गे भुटानको उच्चसरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर ९ गते काठमाडौं आउनु भएको थियो ।