१ कार्तिक २०८३, आइतबार

सवारी दुर्घटनामा परी घाइते भएका प्रवेजको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज(पर्सा), १२ मंसिर । वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत बाराको जीतपुरमा गएराति भएको सवारी दुर्घटनामा परी घाइते भएका एकजनाको मृत्यु भएको छ । यो सँगै सो दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ ।

पथलैयाबाट वीरगन्जतर्फ आइरहेको ना १२ प ५८७६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना ४ख ५८१३ नम्बरको मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा वीरगन्जको रानीघाटका रवी रौनियारको घटनास्थलमा नै ज्यान गएको थियो भने दुर्घटनामा परी वीरगन्जको छपकैंयाका प्रवेज आलम गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका आलमको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार संभव नभएपछि थप उपचारका लागि वीरगन्जकै नेसनल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएकोमा त्यहाँ पनि सम्भव नभएपछि उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।