६ कार्तिक २०८३, शुक्रबार

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना स्वदेश प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sheikh_Hasina._353672553काठमाडौँ, १२ मंसिर । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौँ शिखर सम्मेलनमा भाग लिएर शुक्रबार बिहान स्वदेश प्रस्थान गर्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई उपप्रधानमन्त्री एवम् सङ्घिय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य, मुख्यसचिव, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव वसन्तकुमार गौतम, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागी र प्रधानसेनापति गौरवशम्शेर राणाले बिदाइ गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री वाजेदको सम्मानमा नेपाली सेनाको एक टुकडीले मङ्गल धुन र सम्मान गारत अर्पण गर्नुका साथै दुवै देशको राष्ट्रिय धुन बजाएको थियो ।

बङ्गलादेशका विशिष्ट अतिथिलाई शिष्टाचार महापाल कालीप्रसाद पोखरेलले विमानभित्रै पुगेर बिदाइ गर्नुभएको थियो । प्रधानमन्त्री वाजेद बङ्गलादेशी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सार्क सम्मेलनमा भाग लिन यही मङ्सिर ९ गते यहाँ आउनुभएको थियो । रासस