१ कार्तिक २०८३, आइतबार

काठमाडौं घोषणापत्रसहित अठारौँ सार्क शिखर सम्मेलन सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sarcकाठमाडौं, ११ मंसिर । ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने नाराका साथ बुधबारदेखि सुरु भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलन छत्तीसबुँदे काठमाडौ घोषणापत्र जारी गर्दै आज काठमाडौं सम्पन्न भएको छ  ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सार्कका अध्यक्ष एवम् नेपालका प्रधानमन्त्री सुशील कोइरालाले  विशेष समारोहबीच  शिखर सम्मेलन समापन गर्नुभएको थियो  ।

समापन समारोहमा भाग लिन आठै देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखसहित पर्यवेक्षक देशका प्रतिनिधि सहभागी हुनुभएको थियो ।

यसैगरी  नेपालका संवैधानिक निकायका प्रमुख र राजनीतिक दलका नेता पनि सम्मेलनमा  सहभागी हुनुहुन्थ्यो ।

सार्कका अध्यक्ष एवम् प्रधानमन्त्री कोइरालाले  सार्कको १९ औँ शिखर सम्मेलन पाकिस्तानमा आयोजना हुने घोषणा गर्नुभएको थियो ।

समापन समारोहमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले शिखर सम्मेलनको व्यवस्थापन भव्यरुपमा  आयोजना गरेकामा नेपाल सरकार र नेपाली जनताप्रति धन्यवाद दिनुभयो ।

उहाँले सार्कको आगामी शिखर सम्मेलन आयोजना गर्ने अवसर पाकिस्तानलाई प्राप्त भएकामा खुसी व्यक्त गर्दै पाकिस्तानमा पाहुनालाई स्वागत गर्न आफू आतुर रहेको बताउनुभयो ।

काठमाडौं घोषणापत्रमा ऊर्जा, स्वास्थ्य, शिक्षा, युवा, महिला बालबालिका, सामाजिक सुरक्षा, दूरसञ्चार, आतङ्कवाद नियन्त्रण, कृषि तथा खाद्य सुरक्षा, गरिबी निवारण, वातावरण, विज्ञान तथा प्रविधि जस्ता विषय समेटिएका छन् ।