काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री सुशील कोइरालाले दक्षिण एसिया क्षेत्रमा शान्ति र समृद्धिका लागि सामूहिक तथा परिणाममुखी कदम चाल्नुर्नेमा जोड दिनुभएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँँ शिखर सम्मेलनको आजको समापन सत्रमा अध्यक्षका हैसियतबाट सम्बोधन गर्दै उहाँले सफलतापूर्वक सम्मेलन सम्पन्न गर्न पाएकामा प्रशन्नता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री कोइरालाले नेपाल सरकार र नेपाली जनताका तर्फबाट सम्मेलन सफल बनाउन सघाउने सबैमा प्रशंसा र आभार प्रकट गर्दै सार्कको कार्यसूची अभिवृद्धिका लागि नेपाल अध्यक्ष मुलुकका हैसियतले निरन्तर समन्वय गर्न तयार रहेको विश्वास दिलाउनुभयो ।
उहाँले विदेश मन्त्रीहरुबाट सार्क क्षेत्रीयस्तरीय ऊर्जा सहकार्य र विद्युतीकरणको कार्यढाँचा (फ्रेमवर्क अफ इनिर्जी कोअपरेसन एण्ड इलेक्ट्रिीसिटी) सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नु र काठमाडौँ घोषणापत्र जारी हुनुलाई सम्मेलनको ठूलो सफलता हो भन्नुभयो ।
प्रधानमन्त्री कोइरालाले सम्मेलनका अवधिमा भएका सम्झौता, छलफल, रिट्रिट कार्यक्रम र अन्य भेटघाटले सदस्य मुलुकका बीचमा आपसी सद्भाव, भाइचारा, एकता र पारस्परिक सम्बन्धमा बढावा मिलेको बताउनुभयो ।
यस क्षेत्रमा जनस्तरको सम्बन्ध विस्तार तथा आर्थिक विकास एवं व्यापार वृद्धि र समृद्धिका लागि साझा लक्ष्य लिएर सँगसँगै लाग्नुपर्नेमा उहाँको जोड थियो ।















प्रतिक्रिया