२९ आश्विन २०८३, बिहिबार

कराते खेलाडी चीन प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । सोह्रौँ एसियाली खुला फुलकन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली चीनको साङ्घाई प्रस्थान गरेको छ ।

मङ्सिर १२ देखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा समान एक–एक पुरुष र महिला खेलाडीले खुला तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषमा ज्ञानबहादुर तामाङ र महिलामा निर्मला बज्राचार्यले प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा भने नेपाल क्योकुसिन कराते डो सङ्घका उपाध्यक्ष रविन्द्रसुन्दर सैंजु र प्रशिक्षकमा रविन्द्र महर्जन छन् ।

नेपालमै भएको दोस्रो दक्षिण एसियाली फुलकन्ट्याक्ट करातेमा ज्ञानबहादुरले कास्यपदक प्राप्त गरेका थिए । निर्मलाको भने अन्तर्राष्ट्रिय प्रतियोगितामा यो पहिलो सहभागिता हो ।

एसियाली च्याम्पियनसीपमा नेपालले अहिलेसम्म दुई स्वर्ण, एक रजत र दुई कास्यपदक हात पारेको छ ।