६ कार्तिक २०८३, शुक्रबार

भारतीय र पाकिस्तानी प्रधानमन्त्रीबीच कुराकानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-$-Nawazकाठमाडौं, ११ मंसिर । एक अर्कालाई सिधा नजरले पनि नहेरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीच अनौपचारिक कुराकानी भएको छ ।

उनीहरुले हात मिलाउँदै आमने सामने बसेर लन्चसमेत गरेको बुझिएको छ । मोदी र सरिफलाई मिलाउनका लागि प्रधानमन्त्री सुशील कोइरालाले कुटनीतिक भूमिका निभाएका थिए ।

धुलिखेलस्थित द्धारिकाज होटलमा आज रिट्रिटका लागि पुगेका सार्क मुलुकका कार्यकारीहरुले एक आपसमा सौहार्दपूर्ण वातावरण बनाउँदै रमाएका थिए । कोइरालाको भूमिकाका कारण मोदी र सरिफको एक आपसमा वाक्य फुकेको चर्चा छ ।

भारतीय सञ्चार माध्यमहरुले मोदी र सरिफ बीचको भेटवार्तालाई पुष्टि गरेका हुन् । उनीहरु बीच हात मिलाउने र अनौपचारिक कुराकानी समेत भएको बताइएको छ ।

धुलिखेल पुगेर सार्क मुलुकका कार्यकारीहरुले सामुहिक तस्विर समेत खिचाएका थिए । द्धारिकाज होटलको छतमा समेत मोदी र सरिफलाई नजिक्याउने भूमिकामा प्रधानमन्त्री कोईराला सहयोगी बनेका थिए ।

प्रधानमन्त्री कोइरालाले दुवै प्रधानमन्त्रीहरुलाई आपसी मतभेदलाई तोड्न छुट्टा छुट्टै आग्रह गरेका थिए । आपसी कटुतालाई पखालेर सुुमधुर सम्बन्धलाई बढावा दिन कोइरालाको आग्रह पछि मोदी र सरिफले हात मिलाएका थिए । उनीहरुले एकै टेवलमा आमने सामने बसेर बिहानको लन्च गरेको बुझिएको छ ।

मोदी र सरिफ बीचको भेटवार्तामा कोइरालाको भूमिकाले आईस ब्रेकको वातावरण बनाएको बिश्लेषण गरिएको छ ।