२९ आश्विन २०८३, बिहिबार

जुम्लामा फलफूलबाट बर्सेनि ४० लाख आम्दानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, ११ मंसिर । चन्दननाथ नगरपालिका– एवम् तत्कालीन कात्तिक स्वामी गाविस गैरागाउँ जुम्लाका किसान शंकु खत्रीले फलफूलबाटै यस वर्ष ४० लाख आम्दानी गरेका छन् ।

जुम्लामा स्याउ तथा अन्य फलफूलखेतीको प्रशस्त सम्भावना देखेर २०३८ सालबाट सो पेसामा लागेका उनले विगतका वर्षमा त्यति राम्रो आम्दानी लिन सकेनन् ।

जुम्लाको १४ औँ जिल्ला परिषद्बाट जैविक जिल्लाको घोषणा गरिएपनि रसायनिक विषादी ब्युटाकलरदेखि अन्य औषधि किसानले प्रयोग गर्दै आएका थिए ।

अहिले मात्र खत्रीले जैविक स्याउबाट १४ लाख, स्याउको चानाबाट नौ लाख, हिमाली जिराबाट एक लाख, करिब तीन लाख ओखरबाट पौने एक लाख हिमाली सुप तथा अन्य आरुबखडा चुली गरी साढे चार लाख, र घोडाघोडी बेचेर करिब पाँच लाख र जीवातु बिक्रीबाट पनि करिब एक लाख गरी ४० लाख आम्दानी गर्न सफल भएको बताउनुभएको छ ।

उत्पादन गरेको रेड, रोयल डेलिसियस र गोल्डेन स्याउ छ, जुन जुम्लामा सिजनमा प्रतिकेजी ८० यो र अफसिजनमा १५० देखि ३०० जाने उनको भनाइ छ ।