गौशाला, ११ मंसिर । सशस्त्र प्रहरीले बिहीबार महोत्तरीको मटिहानी गाविसबाट दश किलो चाँदीसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा भारत विहार राज्यको मधुबनी जिल्लाको मधवापुर वडा नं ४ बस्ने दिलीपकुमार साह र वडा नं ८ बस्ने रोशनकुमार साह रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र पाण्डेले बताउनुभयो ।
जनकपुरबाट चाँदी बोकेर भारततर्फ जाँदै गरेका उनीहरूलाई जाँचका क्रममा सशस्त्र प्रहरीले मटिहानी–८ स्थित महावीर मन्दिर नजिकै पक्राउ गरेको हो ।
सीमा सुरक्षा कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी चाँदीसहित दुई भारतीय पक्राउ परेको जानकारी गराएको हो ।
मटिहानीका सशस्त्र प्रहरी निरीक्षक कृष्ण पौडेलको नेतृत्वमा रहेको प्रहरी टोलीले सुराकीका आधारमा नाका खडा गरी जाँच गर्दा छवटा प्लास्टिकको झोलाभित्र मसिनो दाना (बुयिना) आकारमा रहेको १० केजी चाँदी बरामद गरेको हो ।
अनुमानित सात लाख रुपैयाँको चाँदीसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।















प्रतिक्रिया