१ कार्तिक २०८३, आइतबार

बलात्कार प्रयास गर्ने हर्कबहादुरलाई ७५ वर्षको जेल सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा (झापा), ११ मंसिर । बालिकालाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका ७५ वर्षीय हर्कबहादुर दर्जी जेल चलान भएका छन् ।

बाहुनडाँगी– ६ निवासी एक बालिकालाई गत साउन १८ गते बिहान सोही ठाउँ निवासी दर्जीले बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका दर्जीलाई जिल्ला अदालत झापाका २ नम्बर न्यायाधीश पूर्णेश्वरप्रसाद दासको इजलासले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

पीडित बालिकालाई दर्जीको घरमा खेल्न गएका बखत उनले दुव्र्यवहार गरेको आमालाई बताएपछि बालिकाको परिवारले साउन १९ गते इलाका प्रहरी कार्यालय काँकडभिट्टमा जाहेरी दिएका थिए । रासस