६ कार्तिक २०८३, शुक्रबार

झूठो विवरण पेस गरी नागरिकता लिन खोज्ने दुई भारतीय प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatkadiवीरगन्ज (पर्सा), ११ मंसिर । पर्सा प्रहरीले झूठो विवरण पेस गरी नेपाली नागरिकता लिन खोज्ने दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्लाको  बेल्वा–९ बस्ने बाबुलाल महतो धांगडको छोरा राधा किसन महतो धांगड बनी भारतीय नागरिक राधाकृष्ण उरावले झूठा विवरण पेस गरी नेपाली नागरिकताको लागि फारम भरेकोमा उनीहरुको विषयमा प्रहरी चौकी मिलनचोक र स्थानीयसँग बुझ्दा उनीहरु नेपाली नागरिक नभएको पुष्टि भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारत विहार पश्चिम चम्पारण जिल्ला बेतीया ग्राम पञ्चायत बैरागी सोन वर्षा थाना चिउटाहा घर भएका बाबुलाल महतो धांगड र रमेश महतोसमेत भई राधाकृष्ण उरांवलाई राधाकिशन महतो धांगड बनाई झूठा विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय पर्सामा लगी नेपाली नागरिकताका लागि आवेदन पेस गरिएको थियो ।

उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिनुभयो । पक्राउ परेका दुवैजनालाई आज जिल्ला अदालतमा पेस गरिने पनि उहाँले बताउनुभयो । रासस