६ कार्तिक २०८३, शुक्रबार

सार्क सम्मेलनमा किन भयो मोदी र सरिफको मात्र चर्चा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SAARC-LEADERS-AT-DHILIKHEL-काठमाडौँ, ११ मंसिर । नेपालमा जारी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८औँ शिखर सम्मेलनमा सबै भन्दा बढी चर्चा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफको भएको छ ।

सार्क उद्घाटनका दिन पनि उहाँहरुकै चर्चा बढी भएको थियो । मोदी बोल्दा सरिफले ताली बजाएको सन्र्दभले मात्र चर्चा पाएन् । सरिफले मन्तव्य दिन जाने क्रममा मोदीले पत्रिका पढेको विषयले पनि खुच चर्चा पायो । एउटै होटलमा बसेर पनि उहाँहरुबीच वार्ता नभएको विषय पनि चर्चित नै बन्यो ।

बिहीबार रिट्रिटका लागि पर्यटकीय स्थल धुलीखेल पुगेका सार्क राष्ट्रका प्रमुखहरु मध्ये अरुको खासै चर्चा भएन । तर, हिमालको मनोरम दृश्य हेर्नेक्रममा मोदी र सरिफले होटल द्वारिकाजको छतमा सँगै उभिएको तस्वीर समेत खुव चर्चित बनेको छ ।

लामो समयदेखि भारत–पाकिस्तानबीचको मनमुटाव रहँदै आएकाले पनि मोदी र सरिफ सार्क सम्मेलनमा अन्तराष्ट्रिय मिडियाको समेत चासोको विषय बनेका छन् ।