धुलिखेल, ११ मंसिर । सार्क राष्ट्रकका सरकार तथा राष्ट्रप्रमुखहरु सबै धुलिखेल आईपुग्नु भएको छ ।
बंगलादेशकी प्रधानमन्त्री शेखहसिना वाजेद भने स्वास्थ्यमा समस्या देखिएको भन्दै धुलिखेल रिट्रिटमा अनुपस्थित हुनु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नै हेलिकोप्टर प्रयोग गरेर धुलिखेल आउनु भयो भने अरू सरकारले व्यवस्था गरेको हेलिकोप्टरबाट धुलिखेल आउनु भएको छ ।
पाहुनाको स्वागत गर्ने भन्दै नेपालका प्रधानमन्त्री सुशील कोइराला सबै भन्दा पहिला धुलिखेल आईपुग्नु भयो ।
सार्क सदस्य राष्ट्र प्रमुख अन्य भीभीआर्इपीहरु रिट्रिटपछि दिउँसो २ बजे काठमाडौ फर्किएर सार्क सम्मेलन समापन कार्यक्रममा सहभागी हुनुहुने छ ।















प्रतिक्रिया