१ कार्तिक २०८३, आइतबार

गाउँलेले पुर्‍याए दुर्गममा सडक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baglung Sadakबागलुङ, ११ मंसिर । घरघरबाट पैसा उठाएर बागलुङ खुङ्गाका स्थानीयवासीले गाउँमा सडक पुर्‍याएका छन् ।

सडक सञ्जालले नजोडेको हुन्द्राफेँदीदेखि छोरेगाउँ हुँदै खुङ्गा देउरालीसम्म सडक पुगेको छ ।

यसअघि बुर्तिवाङदेखि हुन्द्राफेँदीसम्म मात्र सडक जोडिएको थियो । १३ किलोमिटरको सडक करिब १६ लागतमा बनेको उपभोक्ता समितिका अध्यक्ष थमबहादुर घर्तीले जानकारी दिए ।

सडक बनाउन स्थानीयवासीले मात्र ११ लाख खर्चेका छन् । जिल्ला विकास समितिको दुई लाख ९६ हजार र गाविसको दुई लाख परेको अध्यक्ष घर्तीले बताए ।

त्यसक्षेत्रका ४१ घरधुरी मिलेर सडक निर्माण गरेका हुन् । स्थानीयले न्यूनतम पाँच हजारदेखि ५० हजारसम्म सडक निर्माणमा सहयोग गरेका हुन् । ‘खुङ्गावासीलाई सारै दुःख थियो, आवतजावतदेखि मालसामान ढुवानी गर्न पनि सजिलो भएको छ,’ अध्यक्ष घर्तीले भने, ‘सबै घर मिलेर आज सडक बनेको छ, यसको नियमित सञ्चालन, मर्मतसम्भारका लागि राज्यले सहयोग गर्नुपर्छ ।’

सडकलाई खुङ्गा देउराली हुँदै तमान गाविस जोड्ने लक्ष्य लिइएको छ ।

बुर्तिवाङदेखि घण्टौँको उकालो चढेर पुुगिने खुङ्गा देउरालीमा सडकले गर्दा अहिले डेढ घण्टामा नै पुग्न सकिने भएको छ । सडक खन्नका लागि स्थानीय गणेश थापा लगायतका अगुवाले पहल गरेका थिए ।

हुन्द्राफेँदी–छोरेगाउँ–खुङ्गा सडकको बागलुङ क्षेत्र नं ३ का सभासद् ज्ञानकुमारी छन्त्यालले गत शनिबार उद्घाटन गर्दै गाउँलेले आफ्नै लागतमा सडक बनाएर उदाहरणीय काम गरेको बताए ।

उद्घाटनका बेला गाउँलले सडक आएकामा हर्ष बढाइँका साथ गाडी र चालकलाई फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।