१ कार्तिक २०८३, आइतबार

लागुऔषधका फरार अभियुक्त पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatkadiवीरगन्ज, ११ मंसिर । पर्साको लङ्गडीबाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले दुई वर्षदेखि फरार लागुऔषधका अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विश्रामपुर–९ का बङ्का साह कलवार रहेका छन् । इलाका प्रहरी कार्यालयको टोलीले दुई वर्षअघि कलवारको घरमा छापा मार्दा आठ क्विन्टल गाँजा बरामद गरेको थियो ।

त्यसैबेलादेखि फरार कलवारलाई प्रहरी निरीक्षक अनिल घिमिरे नेतृत्वको टोलीले बुधबार पक्राउ गरी लागुऔषध मुद्दा चलाएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच पर्साको धोविनी गाविसबाट सशस्त्र प्रहरीको गस्तीटोलीले बुधबार मोटरसाइकलसहित एक हजार ४०० भारतीय कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।

सशस्त्र बेस क्याम्प भिस्वा वन्जारीको गस्ती टोलीले भारतको मैनाटारबाट आस्वारी नाका हुँदै बुधबार बिहान ३ बजे मोटरसाइकलमा लोड गरी नेपाल भित्र्याइरहेको अवस्थामा कुखुराको चल्ला नियन्त्रणमा लिएको हो ।

मोटरसाइकल र कुखुराको चल्ला सीमा सुरक्षा कार्यालय चिनिकिमिल पर्सामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापाले जानकारी दिए ।