काठमाडौँ, १० मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीच सहज सञ्चार उपयोगका लागि नेपालबाट भारतमा टेलिफोन गर्दा लाग्ने शुल्क घटाउन सुझाव दिनुभएको छ ।
उहाँले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने शुल्कमा ३५ प्रतिशत कटौती गरेको भन्दै नेपाल सरकारलाई पनि सक्दो शुल्क घटाउन आग्रह गनुृभएको हो ।
प्रधानमन्त्री भएपछि पहिलो पटक नेपाल भ्रमणमा आएका बेला पनि उहाँले शुल्क घटाउन आग्रह गर्नुभएको थियो ।













प्रतिक्रिया