बिर्तामोड, १० मंसिर । बिर्तामोडस्थित न्यूटन स्कूलको गल्र्स होस्टलका ईञ्चार्जले होस्टलमा बस्दै आएकी एक छात्रालाई जवरजस्तीकरणी गर्न खोजेको आरोपमा पक्राउ परेका छन् ।
भारतीय नागरिकसमेत रहेका ईञ्चार्ज सुप्रियो दासले गत कात्तिक २८ गते कक्षा १० मा अध्ययनरत एक छात्रालाई जबरजस्तीकरणीको प्रयास गरेका थिए । पीडित बालिकाले भारत बैंग्लोरमा रहेकी आफ्नी आमालाई टेलीफोन गरी घटनाको बारेमा जानकारी गराएकी थिईन् । पीडित बालिकाका परिवारले प्रहरीमा उजुरी गरेलगत्तै प्रहरीले ती शिक्षकलाई पक्राउ गरेको छ ।
होस्टल ईञ्चार्ज दासले स्कूल छुट्टी भएपछि अन्य साथीहरुलाई घर पठाएर ती बालिकालाई भने होस्टलमै राख्न खोजेका थिए । तर पीडित बालिकाको दाजु उनलाई लिन पुगेपछि उनले बलात्कार गर्न नपाएको बुझिएको छ । उनले अन्य छात्राहरुलाई समेत दुव्र्यबहार गर्ने गरेको बुझिएको छ । पीडितका अनुसार दासले छात्राहरुलाई खुट्टा ढोग्नसमेत लगाउँथे ।
घटनाका बारेमा अरुलाई बताएमा एसएलसी दिन नदिने, स्कूलबाट निकालिदिने र मारिदिनेसम्मको धम्की दिएको पीडितले बताएकी छिन् । यता न्यूटन स्कूलले भने घटना साम्य पार्न पीडितका परिवारलाई दवाव दिईरहेको बताइएको छ । पीडितका हजुरबुबाले भने, बिद्यालय प्रशाशन मात्र होईन, नेपाली कांग्रसका केही नेतासमेत आएर दवाव दिने गरेका छन् ।
घटनाका बारेमा हल्ला भएपछि अहिले न्यूटन स्कूलमा हंगामा मच्चिएको छ । प्रधानाध्यापक हरी प्रसाईले महिला होस्टलमा पुरुष ईञ्चार्ज राख्नुको कारण स्पष्ट पार्न नसकेको अभिभावक बताउँछन् ।
















प्रतिक्रिया