२९ आश्विन २०८३, बिहिबार

अफगानिस्तानमा दुई नेटो सैनिकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल, ९ मंसिर । अफगानिस्तानमा सोमबार नेटोसँग आवद्ध दुई सैनिकको मृत्यु भएको  छ । नेटोसँगआवद्ध दुई अन्तर्राष्ट्रिय सुरक्षा सहयोगबल (आइएसएफ) का दुई सदस्य मारिएको आइएसएएफद्धारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

नोभेम्बर २४ मा पूर्वी अफगानिस्तानमा भएको आतङ्ककारी आक्रमणमा आएसएएफका दुई सदस्य मारिएको सो विज्ञप्तिमा जनाइएको छ ।

यद्यपि आएसएएफको नीतिअनुसार मारिएका ती सैनिकको राष्ट्रियता र परिचय सहितको विस्तृत विवरण भने दिइएको छैन ।

स्थानीय सञ्चारमाध्यमले भने सोमबार विदेशी सैनिकलाई लक्ष्यगरी गरिएको यस आक्रमणमा एक सैनिकको मृत्यु हुनुको साथै अन्य दई अफगान नागरिक घाइते भएका जनाइएको छ ।
अफगानिस्तानमा तालिवान आतङ्ककारी समूहले अफगान र नेटोसँग आवद्ध सुरक्षाकर्मीलाई लक्ष्यगरी बारम्बार आक्रमण गर्ने गरेका छन् ।

यद्यपि अफगानिस्तानमा सन् २००१ देखि तालिवान आतङ्ककारी समूहसँग युद्धरत नेटोसँग आवद्ध सैनिक यसै वर्षको अन्त्यबाट फर्किने निर्णय नेटोआवद्ध देशहरुले गरिसकेका थिए ।

अफगानिस्तानमा बाँकी रहेका करिब ५० हजार सैनिकलाई फर्काउने कार्य ती देशले सुरु गरिसकेका छन् ।
तर ती मध्ये करिब १२ हजार सैनिक भने सन् २०१५ सम्म पनि अफगानिस्तानमै रहने द्वीपक्षीय सुरक्षा सम्झौतामा अमेरिका र अफगानिस्तानबीच हस्ताक्षर भएको छ । रासस/सिन्ह्वा