१ कार्तिक २०८३, आइतबार

हत्यामा संलग्न सोमवीरलाई बीस वर्ष कैद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, ९ मंसिर । दश वर्षअघि एक युवकको हत्यामा संलग्न अभियुक्तलाई जिल्ला अदालत इलामले मंगलबार २० वर्षको कारावास सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले इभाङ–४ का मनकुमार राईको हत्यामा संलग्न रहेको अभियोगमा इभाङ–५ का सोमवीर राईलाई यस्तो सजाय सुनाएको हो ।

हत्यामा संलग्न अर्का मुख्य अभियुक्त राजकुमार भनिने उमेश राई अझै फरार छन् । विसं २०६१ मङ्सिर १४ गते मनकुमार राईलाई बाँझोको रक्सेबाट फर्कंदै गर्दा उनीहरुले डोलटार खेलमैदानमा छुरी हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि सोमवीर विदेश गएका थिए । एक वर्षअघि विदेशबाट फर्केका राईलाई तत्काल प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको थियो । रासस