१ कार्तिक २०८३, आइतबार

ट्र्याक्टरको ठक्करले महोत्तरीमा एकजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ९ मंसिर । महोत्तरी जिल्लाको रामगोपालपुरमा ट्र्याक्टरको ठक्करले एकजनाको मृत्यु भएको छ ।

मंगलबार बिहान रामगोपालपुर–२ मा ज १ त ४२८४ नम्बरको ट्र्याक्टरको ठक्करले सहसौला–८ का १७ वर्षीया कृष्णाकुमारी साह कानुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सरपल्लोबाट औरहीतर्फ आइरहेको उक्त ट्र्याक्टरले बाटो काट्न लागेका बेलामा ठक्कर दिँदा मृतक साहको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक साहको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ । यता ट्र्याक्टरका चालक भने फरार रहेका छन् । रासस