गोलबजार (सिरहा), ९ मंसिर श्रीमानसँगै विष सेवन गरेकी एक महिलाको मंगलबार उपचारका क्रममा लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार मृत्यु हुनेमा शोभापुर–५ की २५ वर्षीया चिन्तादेवी राम छिन् ।
उनका श्रीमान् हरेराम राम भने बाँच्न सफल भएका छन् । शव अहिले अस्पतालमै राखिएको छ । शव मंगलबार नै घर लगेर दाहसंस्कार गर्ने विष सेवन गरे पनि बाँच्न सफल मृतकका श्रीमान् हरेरामले बताए । रासस















प्रतिक्रिया