२ कार्तिक २०८३, सोमबार

रौतहटमा अस्पतालमा चिकित्सक नहुँदा थप समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

eye (1)रौतहट, ९ मंसिर । रौतहटको पुरेनवा आँखा अस्पतालमा दरबन्दीअनुरुप चिकित्सक नहुँदा समस्या भएको छ ।

दैनिक बिरामीको चाप बढदै जाँदा थप समस्या भएको आँखा अस्पताल पुरेनवाले जनाएको छ ।

तीन चिकित्सकको दरबन्दीमा एक चिकित्सकले वर्षदेखि शल्यक्रियादेखि बहिरङ विभागमा बिरामी जाँच्ने गर्ने गरेको हो ।

चिकित्सक मात्रको समस्या नभई प्राविधिक कर्मचारीको समस्या पनि रहेको बताएका छन् ।

नेपालका साथै भारतका बिरामीको बढी चाप रहेको अस्पतालका प्रशासकीय अधिकृत नागेश्वर चौधरीले बताए ।

साउनदेखि कात्तिकसम्ममा २९ हजार ५४१ जना बिरामी परीक्षणमा तीन हजार ६६८ जना बिरामीलाई मोतियाबिन्दुको शल्यक्रिया गरेको अस्पतालका चिकित्सक हरिश्चन्द्र झाले बताए ।

गत आवमा ८८ हजार १५० बिरामीको आँखा परीक्षण भएको थियो ।

नेपालका बिरामी ३४ हजार ३७९ र भारतका बिरामी ५३ हजार ७७१ जना बिरामीमध्ये ४४ हजार ९५६ पुरुष र ४३ हजार ५८१ महिलाले बिरामी परीक्षण गराएका बताइएको छ ।

सोमध्ये १३ हजार ८२८ जना बिरामीको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

शल्यक्रिया हुनेमा सात हजार ५४५ भारतीय बिरामी र छ हजार १८३ जना नेपालीको शल्यक्रिया गरिएको चिकित्सक झाले बताए ।