नेपालगन्ज, ८ मंसिर । नेकपा एमाले बाँकेको अध्यक्षमा अशोक कोइराला निर्वाचित हुनुभएको छ ।
यसैगरी, उपाध्यक्षमा निरक गुरुङ, सचिव रत्न खत्री, सहसचिव प्रमोद धिताल निर्वाचित हुनुभएको छ । निर्वाचित ६९ सदस्यलाई नेकपा एमालेका महासचिव इश्वर पोखरेलले एक समारोहका बीच प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
अधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले केही असामाजिक तत्वले संविधान निर्माण नहोस् भन्ने चाहेको बताउनुभयो । तर, त्यस्ता तत्व जनताको शक्तिका अगाडि धेरै समय टिक्न नसक्ने उहाँको भनाइ थियो । नेता पोखरेलले संविधान नेपालीको अधिकारसहितको साझा सम्पत्ति हुने भएकाले यसका विरुद्ध लाग्नेहरू जनताका हिमायती हुनै नसक्ने बताउनुभयो ।
















प्रतिक्रिया