२९ आश्विन २०८३, बिहिबार

भलिबल खेलमा भएको आत्मघाती आक्रमणमा मृत्युहुनेको संख्या ५०

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोस्त (अफगानिस्तान), ८ मङ्सिर । पूर्वी अफगानिस्तानमा भलिबल खेलको प्रतियोगिता हेरिरहेको स्थानमा भईरहेको एक स्थानमा भएको आत्मघाती आक्रमणमा मृत्युहुने व्यक्तिको सङ्ख्या ५० पुगेको छ ।
अफगानिस्तानमा जारी हिंसाको क्रममा यो आक्रमण सन् २०११ पछिकै ठूलो आक्रमण हो । अन्य ६० जना घाइते भएका जनाइएको छ ।

पाकिस्तानको सीमा क्षेत्रमा पर्ने पाक्टिका प्रान्तमा तीन स्थानीय समूहबीच भईरहेको सो खेलमा उक्त आक्रमण भएको बताइएको छ ।

यस आक्रमणमा मारिएका वा घाइते भएका प्रायः बालबालिका नै रहेको जनाइएको छ ।

अफगानिस्तानमा राष्ट्रपति असरफ घानीले पदभार सम्हाल्नु भएयता नै आत्मघाती आक्रमणमा ठूलो सङ्ख्यामा व्यक्तिको हताहत भएको यो पहिलो पटक भएको जनाइएको छ ।

यस अघिका कयौं आक्रमणको जिम्मा लिदै आएका तालिवान आतङ्ककारी समूहले यस आक्रमणको भने जिम्मा लिएका छैनन् ।

भलिबल खेल भईरहेको मध्यान्ह्को समयमा विस्फोटक पदार्थ बोकेका आत्मघाती आक्रमणकारी विस्फोटन गराएको पाक्टिका प्रान्तका उप गभर्नर आटाउल्लाह फज्लीले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

सो घटनामा घाइते भएकामध्ये घेरैको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने समेत प्रहरीले अनुमान गरेको छ ।

स्थानीय समयाअनुसार आइतबार साँझ पाँच बजे भएको सो  आक्रमणमा बेला खेल हेर्न सयांै व्यक्ति जम्मा भएका बताइएको छ ।

गत सेप्टेम्बरमा राष्ट्रपति सम्हाल्नु भएका अफ्गान राष्ट्रपति असरफ घानीले यस आक्रमणको कडा शब्दमा निन्दा गर्नु भएको बताइएको छ । रासस /एएफपी