काठमाडौँ, ८ मंसिर । टी–ट्वेन्टी इन्टरनेशनलमा नेपालसँग हङकङ २ विकेटले विजयी भएको छ । नेपालले हङकङलाई जितका लागि ७३ रनको सामान्य चुनौती दिएको थियो ।
अन्तिम ओभर खेल्दै हङकङले जित हात पारेको हो । टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर ७२ रन बनाएको थियो ।
श्रीलंकाको कोलम्बोमा स्थानीय समयअनुसार विहान १० बजेबाट शुरु भएको खेलमा नेपालका लागि सोमपाल कामी सर्वाधिक ४० रन बनाउन सफल भएका थिए ।
नेपालका अन्य कुनै खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
नेपालका नरेश बुढा ऐर र ज्ञानेन्द्र मल्लले समान ५ रन जोडेर आउट भएका थिए ।














प्रतिक्रिया