काठमाडौँ, ८ मंसिर । नेपालले टी–ट्वेन्टीमा नेपालले हङकङलाई जितका लागि ७३ रनको सामान्य चुनौती दिएको छ ।
श्रीलंकाको कोलम्बोमा स्थानीय समयअनुसार विहान १० बजेबाट शुरु भएको खेलमा नेपालका लागि सोमपाल कामी सर्वाधिक ४० रन बनाउन सफल भए ।
नेपालका अन्य कुनै खेलाडीले दोहोरो रन जोड्न सकेनन् । नेपालका नरेश बुढा ऐर र ज्ञानेन्द्र मल्लले समान ५ रन जोडेर आउट भए ।
ओपनरहरु सुवास खकुरेल र सागर पुन समान २ रनमा आउट भएका छन् । त्यसैगरी विनोद भण्डारी र राजेश पुलामीले समान १ रन जोडेर आउट भए ।













प्रतिक्रिया